विराटनगर,२ साउन
मारवाडी महिलाहरुले दुईदिने साउन मेला सुचारु गरेका छन ।शुक्रबार एक भव्य समारोहका विच विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले सो मेलाको उद्घाटन गरिन । सो मेलामा चुरा, पोते, मेहन्दि, हस्तकलामा सामाग्री, फेन्सी कपडा लगायतका २० वटा स्टल राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख कार्कीले महिलाहरुबाटै यो मुलुकको बिकास संभवभएकाले आर्थिक क्षेत्रको विकासकालागी महिलाहरु अघाडि बढ्नु राम्रो भएको बताईन । उनले महिलाहरु अघाडि नबढे आर्थिक क्रन्ती संभव नरहेको बताए ।

कार्यक्रममा मरवाडी महिला मञ्चकी संजु बाहेती , उद्योगी देवकिशन मुन्दडा, नन्दु राठी , जुगल राठी लगायतको सहभागिता थियो । मेलामा २५ लाख बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेला शनिबार बेलुका सम्म चल्ने छ ।










