बर्तमान सरकार र प्रधानमन्त्री ओली पतनको बाटोमा : कांग्रेस नेता बालकृष्ण खाँड



बुटवल –

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्।

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले अयोजना गरेको कार्यक्रममा बोल्दै नेता खाँडले प्रधानमन्त्री ओलिले राज्यका महत्वपूर्ण विभाग सहित अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार आफैमा निहित गर्ने र सेना पनि आफ्नै नियण्त्रणमा राख्न खोजेको आरोप लगाउदै बर्तमान सरकार रप्रधानमन्त्री ओली  पतनको बाटोमा अघी बढी रहेको दाबी गरे ।

नेता खाँडले पुर्वराजा ज्ञानेन्द्रले समेत सत्ता छोड्नुपरेको स्मरण गर्दै उनले यसै गरी अघी बढे जनाताले सरकार र नेकपालाई नछोड्ने बताए ।

नागरिकका हक अधिकारको रक्षाका लागि जनाता एक्जुट हुने समय आएको बताउदै नेता ओली सरकारले नागरिकलाई मालिक नभइ सरकारको सेवकका रुपमा लिएको आरोप लगाए।

उनले उनले लोकतान्त्रिक शासन पद्धतीमै विश्वास नगर्ने कम्युनिष्टहरु सरकारका रहेकाले नागरिकका हक अधिकारको रक्षाका लागि वीपीका सिद्धान्त र विचारलाइ आदर्श मान्नेहरु चनाखो हुनु पर्ने बेला आएकोमा जोड दिए ।

 

प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार  ३ : १३ बजे