काठमाडौं–
आउँदो महिना भारतीय विदेश मन्त्री एस जयशंकर चीनको भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबरमा चीन जाने भएकाले त्यसको पूर्व तयारीका लागी भारतीय विदेश मन्त्री चीन भ्रमणमा जान लागेका हुन ।
भारतीय विदेशमन्त्रीले गत वर्षको डोकलाम विवादलाई विर्सिएर दुई देशबीचको व्यापार सम्बन्धलाई अझै मजबुद बनाउने र दुई देशबीचको लगानी आदानप्रदानका विषयमा पनि छलफल गर्नेछन् ।
भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका क्रममा भारत र चीनबीचको विवादका विषयमा पनि अधिकारीहरुसँग छलफल गर्ने र दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा भ्रमण केन्द्रित बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।










