५ साउन, विराटनगर –
घुँडाको शल्यक्रिया गर्न अस्पताल पुगेका व्यक्तिको मृत्यु भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा बिरामिका आफन्तहरू र स्थानियले नाराबाजी गरेका छन । घुँडाको शल्यक्रिया गर्न पुगेका सुनसरीको दुहबी नगरपालिका– ६ का ५० बर्षिय अनिलकुमार साहको मृत्यु भएपछि अस्पतालमा नाराबाजी भएको हो । नाराबाजीका कारण अस्पताल तनाबग्रस्त बन्न पुगेको छ
घुडाको सामान्य शल्यक्रियामा पनि चिकित्सकहरुले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको उनको परिवारले दाबी गरेको छ, मृतकमा भाइ प्रदीप साहका अनुसार घरबाट सामान्य अवस्थामा आएका अनिलको अप्रेशनपछि आईसीयूमा भर्ना गरिएको थियो । अप्रेशनपछि वार्डमा नलगी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको आफन्तको दावी छ ।
चिकित्सकले उपचारको क्रमममा लापारबाही गरेका उनीहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् ।अस्पताल परिसर भित्र नाराबाजी चलिरहेको छ ।
मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा एकसाता अघि घरमा लडेका साहको दोब्रे खुट्टामा चोट लागेपछी नोबेल मेडिकल कजेल पुगेका थिए ।








