काठमाडौं । आज नेप्से बढेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से दुई दशमलव ४८ अंकले बढेर १२ सय ७१ दशमलव २३ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले बढेर दुई सय ७३ दशमलव ५० अंकमा चढेको छ । एक सय ६६ कम्पनीहरुको चार हजार तीन सय ८१ वटा कारोबारमा १० लाख ८४ हजार पाँच सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ३१ करोड ६६ लाख ४३ हजार चार सय २१ रुपैयाँ पुुगेको छ ।
११ वटा समुहको कारोबार भएकोमा आज सोमबार नौ वटाको कारोबार सुचक बढेकाछन् भने तीन वटाको घटेका छन् । यि मध्ये वाणिज्य बैक समुहको सुचक दुई दशमलव ३४ अंकले बढेर ११ सय ४७ दसलव ७७ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक एक दशमलव सात अंकले बढेर १६ सय २९ दशमलव ३० अंकमा चढेको छ । जलविद्युत समुहको सुचक पनि पाँच दशमलव ७३ अंकले बढेर १२ सय १२ दशमलव ६८ अंकमा चढेको छ । लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज २१ दशमलव ८३ अंकले घटेर पाँच हजार ६९ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा महुली सामुदायिक लघुबित्त बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स आदि परेकाछन् । रकम कारोबार भएको आधारमा भने आज नेपाल इन्स्योरेन्स कम्पनी, सिभिल बैंक आदि परेकाछन् ।
श्रावण ६, २०७६ सोमबार
0
Shares










