रुपन्देही-
स्थानीय व्यापारीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
रोहिणी गाउँपालिका १ स्थित एक रेष्टुरेन्टबाट व्यापारीसँग ३ हजार ५ सय रुपैयाँ घुस लिदै गरेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो ।
थापाले हार्डवयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै घुस लिएका थिए ।
आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार थापालाई घुस रकमसहित आवश्यक कारवाहीका लागि टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।








