रूसी सैनिक बिमानहरु माथी दक्षिण कोरियाद्वारा चेतावनीसुचक हमला



काठ्माण्डौ,एजेन्सि-

दक्षिण कोरियाले रूसी सैन्य विमानमाथी चेतावनी सुचक हमला गरेको छ । रूसी सैनिक विमान दक्षिण कोरियाको हवाई क्षेत्रमा प्रवेश गरेपछी चेतावनी जारी गर्दै दक्षिण कोरियाले लडाकु जहाजबाट फायरिङ गरेको  दक्षिण कोरियाली रक्षा मंत्रालयलाई उधृत गर्दै अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

कयौ रूसी सैन्य विमानहरुले मंगलवार अफ्नो पूर्वी तटीय हवाई क्षेत्रको उल्लंघन गरेपछी दक्षिण कोरियाली लड़ाकू बिमानहरुले चेतावनी जारी गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारिहरुले चीनीया सैन्य विमानहरुले पनि मंगलवारनै दक्षिण कोरियाको हवाई क्षेत्रमा घुसपैठ गरेको बताएका छन तर त्याहाको रक्षा मंत्रालयले यस बारेमा थप केहि नखुलाएको समाचारहरुमा जनाइएको छ ।

दक्षिण कोरियाले यस अघी पनि दुइ रूसी सैनिक विमानहरुले आफ्नो हवाई  क्षेत्रमा घुसपैठ गरेकोमा आपत्ति जनाउदै रूसी दूतावासका अधिकारीहरुको ध्यानाकर्षण गराएको थियो ।एपी-

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ७ : ५२ बजे