भारतको दिल्लीमा एक नेपाली बालिकाको बलत्कार प्रयासपछी हत्या



काठ्माण्डौ-

भारतको दिल्लीमा एक नेपाली बालिकाको हत्या भएको छ। बाजुरा घर भई भारतको पूर्वी दिल्लीको सक्‍कपुरमा बस्ने देब चदारा कि छोरी ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको हो। शुक्रबारको दिन सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूतबासले जानकारी दिएको छ । चदाराको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ । बसिमलाई प्रहरीले प्रक्राउ गरेको छ । हत्या र बलात्कारको मुद्धा दर्ता गरेको छ।

मृतक लक्ष्मीका बुवा देब चदारा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए। बालिकाको आइतबार पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ ।

बसिमले प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकार गरिसकेका छन् । पोष्टमार्टम रिपोर्टमा घाँटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कारको प्रयास गरिएको देखिएको थियो ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ९ : १३ बजे