बर्षापछी : बाढी हेटौंडाका बस्तिहरु डुबानमा,भारतिय गाडी समेत डुब्यो खोलामा



हेटौंडा-

लागातार भइ रहेको बर्षाका कारण हेटौंडा उपमहानगरपालिकाभित्रका बिभिन्न क्षेत्रहरु डुबानमा परेका छन ।उपमहानगरपालिकाका वडा नं . ५ र १० का केही बस्ती डुबानमा परेका हुन्।

बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन ।

यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको यूपी ५६ डी ४०३९ नम्बरको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा डुबेको छ ।

ट्रक खोला पार गर्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।उद्दारको प्रयास थालिएको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  ६ : ०९ बजे