काठमाडौं ।
पेट्रोलियम पाइपलाईनको पेट्रोलियम पाइपलाईनको सुरक्षा प्रती सरकारले सम्बेदन्शिलता देखाउदै सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ ।
परिक्षण समेत गरी सकिएको नेपाल भारत पेट्रोलियम पाइपलाईनको सुरक्षाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेनालाई पत्राचार गरि सुरक्षाको मोडालिटी माग गरेको हो ।
मन्त्रालयले पहिलो चरणमा नेपाली सेनासँग सुरक्षा मोडालिटी माग गरेको छ । यसको लागि मन्त्रालयले सोमबार पत्राचार गरिसकेको छ । पत्रमा ३७ ।५ किलोमिटर पाइपलाइनको सुरक्षामा कति खर्च लाग्ने, कति स्थानमा सुरक्षा पोष्ट राख्ने लगायत कुरा समेटिएको सचिव केदारबहादुर अधिकारीले बताए ।
उनका अनुसार सेनाले विवरण उपलब्ध गराएपछि थप छलफलका लागि रक्षा मन्त्रालयसँग छलफल हुनेछ । ‘हामीले सेनालाई सूरक्षा जिम्मा दिइसकेका छैनौं । तर सुझावका लागि पत्र पठाएका छौं । सेना नै प्रयोग गर्नु पर्छ भन्ने निकाय हामी होइनौं,’ सचिव अधिकारीले भने,’सुरक्षाको जिम्मा कुनै निकायलाई छिट्टै दिइनेछ । ‘अहिले पनि निगमको डिपोको सुरक्षा नेपाली सेनालेनै गर्दै आएको छ ।
पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएपछी ढुवानी लागत घट्ने र आपुर्तिमा समेत सहज हुने बाटऐएको छ ।








