काठमाडौँ –
जावलाखेलको सडक छेउछाउका सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र त्यहाँ राखिएका पसलहरु डोजर लगाएर हटाइएको छ ।
प्रशासनले वाताबरणीय प्रभाव, दुर्घट्नालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरु हटाएको हो ।
चिडियाखाना नजिकै रहेको सार्वजनिक जग्गामा ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो । प्रशासनले डोजर लगाउने थाहा पाएपछि केही पसलेहरुले सामान सारेका थिए ।
गृहमन्त्रालय र अख्तियारले समेत टहरा हटाउन निर्देशन दिएकाले टहराहरु हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।








