मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात गन्तब्य – कृष्ण मणि पराजुली



कथा : अज्ञात गन्तब्य
कृष्ण मणि पराजुली

गाउं घरमा चलेको चलन अनुसार कसैको टाउको ठूलो छ भने उसलाई टाउके, कालो छ भने काले, दुब्लो छ भने लुरे, आईतबार जन्मेको भए आईते यस्तै यस्तै नाम राखिएका हुन्छन् । यो केवल निसहाय, गरीब, कमजोर, हांकोडांको नभएकाहरुको लागि मात्र लागु भएको हुन्छ । धनी र टाठो बाठो परिवारमा जन्मिएको छ भने उसको नाम राम्रो राखिएको हुन्छ । टाउको ठूलो भएपनि ठूलो बाबु, कालो भएपनि प्रकाश, लुरे भएपनि मोटुबाबु, आईतबार जन्मिएको भएपनि आईतराम आदि ।

उसको न्वारानको नाम काशीनाथ भएपनि उसलाई काशे भनेर बोलाईन्थ्यो । उ जान्ने बुझ्ने भए देखिनै सबैले काशे भनेर हेपेर बोलाएका हुन्थे । उसलाई आफ्नो नाम काशीनाथ हो भन्ने पनि थाहा थिएन । एक दिन आमाले बाबु तिम्रो नाम त काशीनाथ हो । हामी सिधासाधा भएको हुंदा टाठाबाठाहरुले तिमीलाई काशे भनेका हुन् भने पछि उसको मनमा कौतुहल हुन थाल्यो । अरुको नाम ठूले बाबु, सानु बाबु, बडाबाबु, प्रकाश प्रसाद, महाप्रसाद भनेर बोलाउंछन् भने मलाई मात्र सबैले काशे किन भन्दछन् भन्ने जिज्ञाशा उसमा थियो नै । उसमा जिज्ञाशा बढ्दै गयो र मनमा धेरै कुरा खेल्न थाले । तर उसले अड्कल गर्न सकेन कीन उसको नाम यो राखियो । उसलाई उसकी आमाले भनेको कुरामा बिश्वास लाग्यो । किनकी नाम बिगारीएकाहरुको त्यहां एक जमातै थियो । त्यो जमातमा डल्ले, भुन्टे, घोप्टे यस्तै नाम भएकाहरु धेरै नै थिए । त्यसैले गर्दा उसलाई त्यति ग्लानी लागेको थिएन । बाल मानस पटलमा एकैछिन नरमाईलो भएपनि केही छिन पछि बिर्सिदै गएको हुन्छ । आफ्नो जस्तै अरुहरुको पनि नाम भएकोले उ त्यति बेखुशी थिएन । उसको न्वारानको नाम काशीनाथ भएकोले काशे भनेर बोलाउनु पनि त्यति अश्वभाबिक थिएन । तर पनि माया गरेर भनेको भने पक्कै थिएन । आफू भन्दा कमजोर भएकाहरु सबैलाई यसरीनै भनिन्थ्यो ।

काशीनाथलाई काशे भन्दात उसको मन नरमाईलो हुन्थ्यो भने अब उसलाई बाउ टोकुवा भन्दा झन् नरमाईलो लाग्नु स्वभाबिकै हो ।तर के हो बाउ टोकुवा भन्ने बिषयमा उ अनभिज्ञनै थियो । यद्यपि यो राम्रो शब्द हो भन्ने मा भने उ बिश्वस्त थिएन । यसको मतलब उसले नबुझेकोले उसलाई आश्चर्य लागेको थियो । यसको अर्थ कसैले पनि बुझाएका थिएनन् । उ आफैले मन मनै बुझ्न चाहे पनि बुझ्न सकेको थिएन ।

यो बाउ टोकुवा भन्ने बोलाई बारे उसले जान्न चाहेको धेरै अबधि भएको थियो । उसलाई धेरै माया गर्ने एउटा बुढी थिईन् । उनको अरुनै नाम भएपनि गाउंघरमा बोलाउने प्रचलित नाम भने सानदिदी थियोर सबैले सानदिदीनै भन्ने गर्दथे ।
आफूलाई बच्चा देखिनै माया दिने हुंदा काशीनाथ पनि सानदिदीलाई खुबै माया गथ्र्यो । यी दुई एक आपसमा खुबमाया गरेका हुन्थे । सानदिदीले आफूले जे खाने कुरा पाए पनि काशीनाथलाई भाग पुडो नसारी खांदैनथिन् । यसरी एउटा बृध्द र एउटा बालक बिच खुबै आत्मीयता भिजेको थियो ।

एक दिन काशीनाथले तिनै सानदिदीलाई प्रश्न गर्यो मेरो नाम काशीनाथ हो किन मलाई कसैले काशे , कसैले बाउ टोकुवा भनेर भन्ने गर्दछन् भनी सोध्न पुग्यो । सान दिदीलाई उसको बृतान्त सबै थाहा भएपनि उनलाई भन्न ज्यादै गाह्रो भएको थियो । उनीको अनुहार निन्याउरो हुंदै गयो । उनको मुख बाट बाक्य फुट्न सकेन । उनी अकमक्क भईन् । यी दुई बिच बिचार, बुध्दि, बिबेक, गतिबिधि सबै कुरामा फरक भएपनि माया सांटासांट गर्ने कुरामा एकदम समानता थियो । सानदिदीे काशीनाथलाई नखुवाई उनी खांदैनथिन् र काशीनाथ पनि एक दिन उनीलाई देखेन भने खल्लो लाग्दथ्यो उसलाई ।

काशीनाथलाई काशे भनेकोमा त्यति आपत्ति थिएन जति बाउ टोकुवा भनेकोमा । काशीनाथलाई काशे मात्रै भनेकोमा उसको नामै बिग्रिएको थिएन र त्यति नराम्रो पनि थिएन । उसलाई हेपेर भनेका हुन् भन्ने मात्र थाहा थियो । तर बाउ टोकुवा भनेकोमा भने उ अचम्म मान्दथ्यो । पहिला पहिला काशे भन्ने सबैनैअहिले बाउ टोकुवा भन्न थालेकोमा अब झन उसमा खिन्नता बढ्दै गएको थियो ।
दिन दिनै जसो काशीनाथले सोधिनै रहेको हुन्थ्यो । तर सानदिदीले केहीन केही बहाना गरेर उसको प्रश्नलाई बिषयान्तर पारी दीन्थिन् । यसरी कति दिन छलछाम गर्ने उसलाई । अबत उनलाई जबाफ नदिई धरै भएन । नभनी दिंदा पनि बालकको मन झन् बिग्रिएला जस्तो लाग्यो उनलाई र एक दिन भनी दिने बिचार गरीन् । फेरी उनको मनमा लाग्यो उसले जुन समयमा प्रसंग निकाल्छ ,त्यहि बेला बताउने ।
एक दिन काशीनाथ पूर्ने, रामे, गोबिन्दे, आईते लगायत अरु साथिहरु संग डण्डिबियो खेल्दै थियो । काशीनाथ ले पूर्नेलाई पचास पीर लगाएकोमा पूर्नेले चालिस पीर मात्र हो भनी आफ्नो अडान लियो । काशीनाथले पचास पीर भन्ने तर पूर्नेले चालिस मात्र भन्ने गर्दा यी दुई बिच भना भन बढ्दै गयो । कुनै मिलन बिन्दु ननिस्किए पछि घमण्डी स्वभाबको पूर्नेले प्वाक्क भनि हाल्यो बाउ टोकुवाको कहां बुध्दि हुन्छ र । अब काशीनाथलाई झन बढि उखर माउलो हुन थाल्यो । पीडा बढ्दै जान थाल्यो । उसलाई यी साथीहरु संग खेल्न रुचि हराउंदै गयो । उ एक्कासी खेल छोडेर नरमाईलो मान्दै सान दिदीको कटेरो छेउ निन्याउरो मुख लाएर आयो र फेरी उही प्रश्न दोहोर्याउन थाल्यो बाउ टोकुवा भनेको के हो । अहिले फुर्सद नभएकोले भरै म बताउंला भन्दै उनी अन्यत्र कतै अलि टाढा गईन् ।

यता काशीनाथले जसरी भएपनि बाउ टोकुवाको अर्थ कसरी थाहा पाउने कुरा मनमा गुनी रहेको हुन्थ्यो भने उता सानदिदीलाई पनि उसको ईतिहास बारे कसरी बताउने संकटमा परेकी थिईन् । उनलाई यसबारे बताउने मनै थिएन । यसरी एउटाले बताउन नचाहने अर्काेले जसरी भएपनि जान्नै पर्ने भएको हुंदा यी दुईको मनमा फरक फरक कुरा रुमल्लीएका थिए ।

पर क्षीतिज बाट घाम तल झरी सकेको देखिन्थ्यो र अब गोधुली सांझले कम्मर कसेको जस्तो भान पथ्र्यो । चरा चुरुङ्ीहरु पनि सांझ पर्दै गएको हुंदा आ आफ्नो गुड तीर जान थालेका थिए । बिहानको भुक भुके उज्यालोले शुभ संकेत दिएको बिश्वास गरीन्छ भने बेलुकीको रात पर्दै जान लागेको अंधेरो पनले अंधेरै निम्त्याउने तिर बिश्वास भएको हुन्छ । यहि समयमा काशीनाथ खेल्न छोडेर दगुर्दै सानदिदीको कटेरोमा आउंछ । उसले प्रश्न गर्न नपाउंदै सानदिदी जबाफ दिने तरखरमा लागि सकेकी थिईन् । नभन्नु पनि कति दिन नभन्नु । आखिर एक दिन भनि हाल्नु पर्छ भन्ने बिचार गर्दै उनीले बताउन थालिन् । हेर काशीनाथ बाबु तिमी तिम्रो आमाको गर्भमा भएको बेलामा तिम्रो बाबुलाई टाईफाईड भएर मृत्यु भयो । बाबुको मृत्यु पश्चात तिम्रो जन्म भएको हुंदा तिमीलाई बाउ टोकुवा भनेका हुन् । तिमीले यस बिषयमा कुनै किसिमको चिन्ता लिनु हुंदैन । जसले जस्तो देखेको हुन्छ उसले उस्तै बोलेको हुन्छ । तिमीलाई त्यस्तो नाम नराखेको भए हुन्थ्यो । राखी हाले । राख्नेलाई हामीले के गर्न सकिन्छ र ? उनीहरुले तिमीलाई त्यसो भने पनि ठिकै भनेका हुन् भनेर हामीले सम्झीने गर्यौं भने हामीहरुको भित्री मनले पनि चिन्ता लिने छैन । सानदिदीले भनेको कुरा यति सुनिसकेपछि काशीनाथ पनि निन्याउरो मुख लगाउंदै आफ्नो घर तिर लाग्यो ।

सानदिदी पनि भान्सा तिर लागिन् । उनी एकल भएपनि खानपिन त उनीलाई पनि गर्नुनै थियो । उनीले भनेको कुराले उनी आफैलाई खल्लो भएको थियो । नभनेको भए पनि हुने थियो भन्ने कुरा मनमा खेलाउंदै पश्चाताप गर्न लागेकी थिईन् उनी पनि । खानपीन गरी सकेपछि ओछ्यानमा सुत्दा समेत उनीलाई पनि निद्रा लाग्न सकेको थिएन । उनी कल्पना गर्दै जान्छिन् मलाईत यति नरमाईलो लागेको छ आज, काशीनाथलाई झन् कस्तो भएको होला भनेर मनमनै गम्दै रहेकी थिईन् ।

घर आउंदै गर्दा बाटोमाकाशीनाथको मनमा पनि बिभिन्न किसिमका तरङ्गहरु आईनै रहेका थिए । उसले पीर लिएको भएपनि सानदिदीले भनेको कुरा उसले सम्झेको थियो । ‘उनीहरुले भनेको पनि ठिकै हो भनेर सम्झिनु पर्दछ‘ भन्ने वाक्य ।यद्यपी उसको बाल मानस पटलमा बाउ टोकुवा भन्ने छाप रहेकै थियो । उसको खानपीन र हेरचाहमा कसैको पनि ध्यान गएको हुन्नथ्यो । उसको बिषयमा ध्यान दिने समय कसलाई हुन्थ्यो र । गाउंघर मा कसैलाई पनि फुर्सद भएकै हुंदैन । फेरी यो फुच्चे काशीनाथको बारे चासो लिनु पर्ने बाध्यता पनि कसैलाई थिएन । ।नहुनु पनि स्वभाबिकै थियो । नत उसले केही गर्नै सक्दथ्यो । नत उसबाट केही उपलब्धिनै हुन्थ्यो । केही लिने र दिन नसक्नेहरुको लागि यो समाजले वास्ता गरेको पनि त हुंदैन ।

झम्के सांझमा उ घर आई पुगेको थियो । दिनभरी साथीहरुसंग डण्डिबियो खेलेकोले उसलाई केहि थकित भएको अनुभब लागेको थियो । तर उसलाई थाकेको भन्दा पनि अरुहरुले किन त्यस्तो नराम्रो शब्द प्रयोग गरे भन्नेनै थियो । परिबारका सबै सदस्यहरु काम बाट फर्किएर घर आई सकेका थिए । बिहान सबेरै सबै आ आफ्नो काममा जानु पर्ने भएकोले प्रत्येक दिन बेलुका घरका सबै जना पिडीमा बसेर गफ गर्ने चलननै चलेको थियो । अरु सदस्य भन्दा जान्ने बुझ्ने जेठो छोरो बीरबलले भएका कुरा भन्दा पनि नभएका कुरा अघि तेस्र्याएर आफ्नो मपाई देखाउने गर्दथ्यो । यसरी आ आफ्ना कुरा गर्नमा सबै जना ब्यस्त थिए । फुच्चे काशीनाथ तिर कसैको ध्यान गएको थिएन । उ मनमा कुरा खेलाएर आफै प्रति भुटभुटि रहेको थियो ।उसलाई किन आज तेरो अनुहार निन्याउरो छ भनेर कसैले पनि सोधेनन् । उ एकलै एउटा कुनामा बसि रहेको थियो । त्यो घरमा भएको दृश्यले उ बिल्कुल फरक देखिन्थ्यो । अरुहरु आफ्ना आफ्ना कुरा राखेर हसिमजा गरी रहेका थिए । तर काशीनाथलाई कसैले पनि वास्ता नगरेको र साथीहरु संग खेल्दा भनेका शब्दले उ झन दुःखी भएको थियो । उ मन मनै गम्दै गयो मेरो बाउ बांचि रहेको भए मेरो नाम बाउ टोकुवा पनि हुने थिएन र सायद म प्रति सबैले माया पनि गर्थे होलान् । यस किसिमको बिचार फुच्चे बालकमा भएकोले अरु परिपक्क मानिस भन्दा पनि उ बुध्दि र बिचारमा एकदम भिन्न थियो ।

उता दाजु बीरबल भने भाई काशीनाथ प्रति पटक्कै ध्यान दिंदैनथ्यो । घरको जेठो बाठो र केही पढेलेखेकोले उसले कसैलाई पनि टेर्दैनथ्यो । त्यसमा पनि गाउ घरमा उ जतिको धनिमानी मानिस कोही थिएन । टाठो बाठो भनेको उनै थियो । बीरबलमा पनि म जस्तो टाठो कोही छैन भन्ने घमण्ड दिन प्रतिदिन बढ्दै गएको थियो । गाउंलेहरुको चिठी लेखि दिने, पठाई दिने र आएका चिठीपत्रहरु पढेर सुनाई दिने कामलेत झन उ फुरुङ्ग हुने गर्दथ्यो । उ यति सम्म धुर्त थियोकी कसैको चिठीपत्र लेखि दिए वा पढि दिए बापत उसले फाईदा लिएकै हुन्थ्यो । कसैसंग पैसा असुल्ने, कसै संग काम लिने र कसै संग कुनै चिज बिज नै लिने गर्दथ्यो । यस प्रकार उसको नाम मात्र बीरबल थिएन, काम पनि बीरबलको चातुर्यता जस्तो नै थियो । त्यो बीरबलमा बौध्दिकता थियो । बादशाह अकबरलाई समेत उसको बुध्दि र चतुर पनले जहिले पनि जीतेकै हुन्थ्यो । तर यो बीरबल चाहि अरुलाई कसरी हुन्छ जालझेल गरेर दुःख दिनेनै हुन्थ्यो । यसरी यी दुई बीरबलमा आनको तान फरक देखिन्थ्यो । दाजु बीरबल र भाई काशीनाथ मा पनि आकाश जमिनको फरक थियो । हुनत काशीनाथ सानै भएको हुंदा उसलाई जालझेल प्रति अनभिज्ञ नै थियो । उ सिधा स्वभाबको देखिन्थ्यो र भलाद्मी पनि ।

समय बित्दै गयो । काशीनाथ पनि ठूलो हुंदै गयो । उसले अलि अलि पढ्न पनि थाल्यो । स्कूल जान थाले पनि उसलाई बाउ टोकुवा शब्दले छोडेको थिएन । उसको चिन्ता भन्ने कुरानै त्यहि मात्र थियो । पढाई राम्रो भएपनि दिमागमा भने त्यहि एक मात्र कुरा रुमल्लिएको हुन्थ्यो । बाल मानस पटलमा गढेको चिजले पछि सम्म पनि असर पार्ने हुंदा उसको मन एकोहोरो भएको जस्तो देखिन्थ्यो ।स्कूलको पढाई, घरको काम र उसलाई चित्त दुखाउने शब्द संग उ ज्यादै परिचित भैसकेको थियो । उसलाई बाउ टोकुवा भन्ने शब्दले गर्दा नै पढाई र घरको काममा केही बाधा पुर्याएको थियो ।

घरपरिबारमा पनि उसलाई साथिहरुले गाली गर्दछन् भन्ने कुरा थाहा नभएको होईन । सबैलाई थाहा थियो । उनीहरुलाई पनि गर्भमा भएको बच्चाको ग्रह, दशा, नक्षत्र आदि खराब छन् भने बाउ टोक्ने गर्दछ भन्ने अन्ध बिश्वास भएको हुनाले काशीनाथ प्रति हेर्ने दृष्टिकोण र माया ममतामा फरक पर्दै गएको थियो । आमाको माया सबै सन्तान प्रति बराबर भएपनि अन्धबिश्वासको कारणले गर्दा उनीमा पनि केही चिसो पर्न गएको थियो । घरमा बेलुकीको खाना खाई सकेपछि परिबारका सदस्य बिच कुरा हुंदा काशीनाथको बिषयमा खासखुस कुरा चलेकै हुन्थ्यो । उ एउटा कुनामा बसेर सुनिरहेको हुन्थ्यो । अरुहरुले उसलाई वास्ता नगर्ने हुंदा यस बिषयमा उसलाई केही थाहा छैन भन्ने नै थियो । तर उसलाई बिजेको कांडालाई उसले बिर्सेको थिएन । अब घरपरिबार बाट पनि उ अलि पर हुंदै गएको भान उसलाई पर्न गयो । यसो हुन जानुमा अन्धबिश्वास प्रति बिश्वास गर्नु नै थियो । काशीनाथ गर्भमा भएदेखिनै बाउ बिरामी पर्नु र उ नजन्मिदै बाउको मृत्यु भएकोले गर्दा मृत्युको एक मात्र कारण सबैको नजरमा काशीनाथ नै हुन पुग्यो ।घरको र बाहिरको बाताबरण काशीनाथलाई धमिलो लाग्दै आएको थियो । घरका मानिसले उसलाई बाउ टोकुवा नभने पनि उ प्रतिको ब्यबहार फरक हुंदै गएको थियो । उनीहरुलाई पनि त्यस्तै लागि रहेको थियो ।
बीरबलले त्यति धेरै नपढेको भएपनि आफूलाई फाईदा हुने बिषयमा खप्पिस थियो । गाउं घरका मानिसहरुलाई सजिलै संग आफ्नो बसमा ल्याउन सक्दथ्यो । साथै आफूलाई पछि हुन सक्ने फाईदाको बिषयमा समेत उसमा लेखा जोखा गर्न सक्ने क्षमता रहेको थियो ।बीरबल नाम मात्रको बीरबल नहुने दृढ संकल्प गरी सकेको थियो । गाउंघरमा हर्ता कर्ता उनै भई आएको थियो ।

अब उसले भाई काशीनाथ प्रति फरक दृष्टिकोण राख्ने बिचार गर्न थाल्यो र आमालाई पनि अनेक कुरा सुनाएर उनको मन पनि अन्तै तिर मोड्न थाल्यो । भाई बाउ टोकुवा नै हो भन्ने कुरा प्रमाणित गर्न उसले आमा सामु बिभिन्न कुरा तेस्र्याएर बिश्वास दिलाउन थाल्यो । आमालाई आफ्ना सन्तान बराबर लागे पनि बीरबलको ललाई फकाईले कान्छो छोरो प्रति नकारात्मक भावना प्रबेश गर्न शुरु भई सकेको थियो । उनको जेठो छोरा बीरबल यति चंख थियोकी सिधासाधा गाउंलेहरुलाई गोरु प्नि ब्याउंछ भन्ने कुरा प्रमाणित गरी सकेको थियो । त्यसैले उसकी निरक्षर अमाको दिमाग भुट्न नसक्नेत कुरै भएन ।

एकदिन आमालाई एकान्त पारेर भन्दै गयो आमा गाउंलेहरु सबैले भन्न थालेका छन् ‘यो काशीनाथ बाउ टोकुवा हो, आमाको गर्भमा बस्दादेखिनै बाउ बिरामी भए र उ नजन्मिदै बाउ मरे, कस्तो अलच्छिने रहेछ भनेर सबैले भन्दै आएका छन् । अब फेरी यसले ककसलाई टोक्ने हो आदि ईत्यादि कुरा भनेर आमालाई बिश्वास पार्दै थियो । आमालाई पनि बिश्वास बढ्दै गयो । उनको बिश्वास बढ्नुमा सबै गाउंलेहरुले उनीलाई त्यहि कुरा सुनाउनु र बीरबलले पनि त्यहि कुरा भन्नु । आमालाई पनि धर्म संकट पर्न थाल्यो । आफूले जन्म दिएर हुर्काएको छोरालाई बाउ टोकुवा भनेर कसरी भिन्न ब्यबहार गर्ने । बीरबल चाही जसरी भएपनि भाईलाई अलच्छिने बनाएर आफ्नो स्वार्थ सिध्द गर्नुनै थियो । त्यहि उद्देश्य प्राप्तीको लागि उसले जाल बुनि रहेको थियो ।

उता आमालाई भने पिडा बढ्दै गएको थियो । कान्छो छोरालाई टाढा पार्न बात्सल्य प्रेमले दिंदैनथ्यो भने नजिक ल्याउन बीरबलले दिंदैनथ्यो । आफू बुढी हुंदै गएको ले उनको हेरचाह गर्न सक्ने त त्यहि बीरबलनै थियो । कान्छो छोरो दश बाह्र बर्षको मात्र भएको हुंदा उस बाट सहयोग पाउने अबस्थानै थिएन । उनी किं कर्तब्य बिमूढ भएकी थिईन् । एकातिर उनको लोग्नेको मृत्यु भएको छ, अर्को तिर बाउको मृत्यु पश्चात जन्मिएको छोरो पनि अलछिच्ने भनि सबैले भन्न थालेका र यसले अनिष्ट निम्त्याउंछ भन्ने गाईंगुईले उनको ह्दय छिया छिया हुन थालेको थियो ।

यसरी आमालाई पनि काशीनाथ प्रति केही फरक ब्यबहार गर्नु पर्ने स्थिति देखिन थाल्यो र बीरबलत भईनै हाल्यो । आमा चिन्तित हुंदै गईन् भने बीरबल खुशीले गद्गद् हुंदै गयो । अब भाई काशीनाथलाई कसरी लखेट्न सकिन्छ भनि प्रपन्च मिलाउन थाल्यो । उ अलच्छिनै हो भन्ने कुरा सिध्द गर्नको लागि अनेक जुक्ति निकाल्दै गयो ।

उता बालक काशीनाथको मनमा पनि केही चिसो पर्न थाल्यो । पहिले पाउने माया र अहिले पाउने मायामा आन्को तान् फरक हुन थाल्यो । उसले चिन्ता लिंदै गयो । गाउंका मानिसहरुले पनि उसलाई हेयको दृष्टिले हेर्दछन् भने घर परिबारका सदस्यहरुले पनि राम्रो ब्यबहार गरेका हुंदैनन् । अब उसको नत समाउने हांगो छ नत टेक्ने डालोनै छ । त्यसैले उ बिक्षिप्त अबस्थामा पुगेको हुन्छ । उसलाई यो संसारमा माया गर्ने भनेको नै, तिनै सानदिदी बाहेक कोही थिएनन् । आफ्नो परिबारको नभए पनि उनी उसलाई औधि माया गर्थिन् । उनैको साहारामा आज सम्म उ जिई रहेको छ । अन्धबिश्वासले गर्दा उ आफ्ना नाता गोता, ईष्टमित्र, बन्धुबान्धब, छरछिमेक सबै बाट टाढिन पुगेको छ । भगवानको लिला पनि अचम्मको रहेछ । आफ्ना मान्छे सबै पराई हुने कहां कहांकी सान दिदी चाही आफ्नो हुने । सानदिदीले उ प्रति खुब भरोसा राखेकी थिईन् र उसले पनि त्यसतै ब्यबहार गथ्र्यो ।

उमेरले सानो भए पनि उसमा बिचार गर्ने खुबी थियो । जुन ठाउंमा आफूलाई हेलां गरीन्छ भने त्यो ठाउंलाई छोड्नु नै कल्याण हुन्छ भन्ने कुरा उसको मनमा लाग्यो र अन्यत्र कतै जाने बिचार गर्यो । तीन चार रात सम्म उ निदाउनै सकेन । यति ठूलो संसारमा उसलाई माया दिने नत कोही मानिस भए नत परिचित ठाउंनै भयो । परिपक्क मानिसलाई त जीउनको लागि कति संघर्ष गर्नु पर्दछ भने उसलाई नहुने कुरै भएन । उ हिड्ने अनगिन्ति बाटाहरु भएपनि कुन बाटो अबलम्बन गर्ने भन्ने बिषयमा उ दोधारमा पर्न गयो ।

एक रातको कुरो हो उसको मनमा अनगिन्ती बिचारहरु पैदा भए । ती बिचारहरु उ आपैmसंग सम्बन्धित थिए । उ मनमनै गम्दै जान थाल्यो । मानिसको मन किन यति निष्ठुरी भएको होला । जुन ठाउंमा म जन्मिईं, हुर्किईं त्यहि ठाउंलाई छोडेर जानु पर्ने बाध्यता श्रृजना गरीएको छ । आफूले पाईला टेकेको धरतीको माया कसलाई हुंदैनर । यो ठाउंको जति माया लागे पनि आखिरमा काशीनाथले छोड्नै पर्ने भएको छ । उसलाई राम्रै संग थाहा छ यसरी सबैले उसलाई हेला गर्नुमा उसले पाउने सम्पत्ति बाट उसलाई बन्चित गरेर त्यस ठाउंमा बस्न नदिई कहिल्यै नफर्किने गरी लखेट्नुनै हो । सबैको हेलाको पात्र भएर बस्नु भन्दात कसैले नदेख्ने, नचिन्ने अपरिचित ठाउंमा जानुनै उसले आफूलाई कल्याण ठान्यो ।

भोली घर बाट निस्केर जाने कुरा उसले अठोट गरे पनि कुन समयमा निस्कने भन्ने कुरामा भने उसले एकिन गर्न सकेको थिएन । बिहान अलि ढिलो गरी उठ्ने भएको हुंदा कसैले अबरोध गर्छन्कि भन्ने उसको मनमा लागेको थियो । हुनत उ यसरी निस्केर जान्छ भन्ने बारेमा कसैले बिश्वास गर्दैनथे पनि होला । तर उसलाई माया गर्ने र राम्रो बाटोमा हिडाउन खोज्ने तीनै एकमात्र बुढी सान दिदी थिईन् । केही गरी उनीले देखि हालीन् भने उसलाई पक्कै पनि रोक्दथिन् । यी दुई बिच अगाढ स्नेह भएको हुंदा सानदिदीले थाहा पाईन् भने उसको गन्तब्यको बाटो बिग्रिन सक्दथ्यो । सबभन्दा माया दिने सानदिदीलाई पनि केही जानकारी दिन नसक्ने बाध्यताले उसको मन झन दुखितहुंदै गयो । सानदिदी उसको आफ्नै दिदी नभएपनि एउटै कोख बाट जन्मिएका भन्दा कम मिल्ने थिएनन् । उनको पनि यो दुनियामा आफ्नो भन्ने कोही नभएको र काशीनाथको आफ्नो घरपरिबार भएपनि सबैलेै उसलाई टाढा पार्दै गएको हुंदा यी दुई बिच गाढा स्नेह बढ्दै जानु स्वभाबिकै थियो ।

भोली घर छोड्नको लागि उसले अघिल्लो दिन देखिनै समय मिलाएको थियो । बिहानै निस्कदा अरुलाई थाहा हुने हुंदा सांझपख खेल्ने समयमा निस्कदा कसैले खोज तलास नगर्ने भएकोले उ झम्के सांझमा घर बाट निस्कियो । बेलुकाको खाना खाने बेलामा उ घरमा नदेखकोले उसकी आमाले सोधनी गरेकी थिईन् । तर कसैलाई पनि थाहा नभएको हुंदा सबै चुपचाप भए । त्यसरी घर छोडेर हिड्छ भन्ने कसैलाई अत्तो पत्तो थिएन । उसलाई खोजतलास गर्ने पनि कसलाई चासो हुन्थ्योर । कता गयो किन आएन भन्ने तर्फ कसै बाट पनि सोधनी भएको थिएन ।

उ घर बाट निस्कदा सांझ सकिदो र रात पर्दै थियो । रातको समयमा उ टाढा जान सक्दैनथ्यो र करीब आधा घण्टाको हिंडेपछि उसको आफ्नै बेसीको गोठ आउंथ्यो । आजको रात त्यहि गोठमा बिताएर भोली बिहान सबेरै त्यहां बाट हिड्ने बिचार गर्यो । त्यो गोठमा कोही पनि नबस्ने हुंदा उसको लागि रात बिताउन उपयुक्त थियो । रात भरी आफ्नै परिचित गोठमा सुतेको भएपनि मनमा बिभिन्न कुरा खेलेको हुंदा उसलाई निद्रा परेको थिएन । बिहान अबेर सम्म सुत्न पनि उसलाई अनुकूल थिएन, कारण कोही मानिस आई पुग्यो भने र अर्को कुरा उसलाई बाटो पनि काट्नु थियो ।

उसले आफ्ना पाईला अघि बढाउंदै जांदा आफ्ना साथी पूर्ने, रामे, गोबिन्दे, आईते आदिलाई सम्झियो । आमा,सानदिदीको पनि सम्झनाले उसलाई रुवाई रहेको थियो । त्यस्तै जन्मिएको थलो, हुर्किएको र खेलेको ठाउंलाई सदाको लागि छोडेर जानु पर्दा कसको मन रुंदैन होला र ? । यीनै कुरा मनमा खेलाउंदै र पुराना कुरा सम्झदै नचिनेको, कहिल्यै नहिडेको, अपरिचित बाटो पछ्याउंदै अबिरल यात्रामा लागि रह्यो, लागि रहयो अनिश्चित गन्तब्य तिर ।

केही दिनको हिडाई पछि उसले एक जथ्थालाई बाटोमा भेट्टायो । यो भिड घरपरिबारको लागि नुन तेलको जोहो गर्न मधेश झर्दै थियो । उनीहरुको साथ पाएपछि उसले अलि राहत महसुस गर्यो । यो जथ्थालाई बालक प्रति माया मोह बढ्दै गयो । उनीहरुको पछि पछि हिड्दै जान्थ्यो । उसको बिषयमा धेरै कुरा सोध्दथे । कतिपय कुरा उसले लुकाउने गथ्र्यो । कतिपय कुरालाई अड्कली अड्कली बताउंथ्यो । जे भएपनि घरपरिबार, दाजु भाईहरुले माया ममता नदिए पनि यो हुल उसको लागि नगिजको नाता भई दिएकोमा उ खुशी पनि भएको थियो । सबैले माया गर्दै खुवाउंदै लगेकोमा उसलाई खानपिनको कुनै समस्या थिएन । उसको मन र अनुहारमा खुशीयाली थपिदै गएको पनि थियो ।
यो जथ्था प्राय गरेर प्रत्येक बर्ष हिउंदको समयमा पहाड बाट मधेश झर्ने र तीन चार महिना तोरी टिप्ने काम गरेर कमाएको पैसाले नुन, तेल, जिरा, मरीच आदि सामान किनेर फेरी पहाड तिर फर्कन्थ्यो । बर्ष दिनको लागि अति आबश्यक हुने न्यूनतम सामाग्रीको जोहो गरेका हुन्थे । केही दिन भित्रमानै यो जथ्था पहाड फर्किने हुंदा काशीनाथलाई पिर पर्न थाल्यो । यो जथ्था उसको संरक्षक जस्तो भई सकेको थियो । काशीनाथले पनि श्रम गरेर केही रकम संचित गरेको थियो । यो हुलले उसलाई पहाडतिरै फर्काउने खुब प्रयास गरेपनि उ जान मानेन । आफ्नो भएभरको सम्पत्तिलाईत त्यागेर हिंडेको काशीनाथ अरुको पछि लागेर किन पहाड फर्किन्थ्यो र । उनीहरुसंग फर्कन चाहेन । पहाड बाट झरेको त्यो जथ्था र काशीनाथ बिच गाढा माया बसि सकेको कारणले गर्दा छुट्टीने बेलामा तिनीहरुलाई निकै गाह्रो भएको थियो । भित्र भित्र सबै जनाको मन रोई रहेको थियो । यद्यपी छुट्टीनु उनीहरुको बाध्यता थियो । उनीहरु पश्चिम तीर लागे भने काशीनाथ पूर्ब तीर लाग्यो । जब उनीहरु आ आफ्नो गन्तब्य तीर लाग्दै थिए , काशीनाथ र उसको त्यो जथ्थाले एक आपसमा फर्केर हेर्न पनि सकेनन् । दुबैले मन भित्र अनगिन्ति नरमाईला कुरा सम्झन थाले र आंखाभरी आंशु बनाए ।

दुई थरीको गन्तब्य दीशा बिपरित भएको हुंदा एक आपसमा निन्याउरो मुख लाएर फर्कि फर्कि हेरेका थिए । सबैको आखामा आंशु रसाएका थिए । यो दुनिया कति स्वार्थि रहेछ कुन्नी रगतको सम्बन्ध भएकाहरुले घर बाट निस्कन पर्ने बाध्यता सीर्जना गर्नु तर बाटामा भेट भएकाहरुले यति धेरै माया गर्नु र संधैको लागि सम्झना राखि रहनु । यी र यस्तै कुरा मनमा लिंदै दुबै थरी आ आफ्नो बाटो लागे ।
बाटोमा हिड्दै गर्दा यो डफ्फाले काशीनाथको बिषयमा कुरा गरी रहेका हुन्थे । उनीहरुको मन भित्र उ जहिले पनि रहेकै हुन्थ्यो । अब काशीनाथ कहां जाला, के काम गर्ला, उ संग फेरी हाम्रो भेट होलाकी नहोला यस्तै कुरा गर्दै बाटो काटेका हुन्थे । उता काशीनाथको मनमा पनि अनेक कुरा खेली रहेका हुन्थे । सायद उसको मानस पटल बाट त्यो भिड हटेको थिएन । उ संधैनै सम्झिनै रहेको हुन्थ्यो । उ मन भित्र भित्रै कुरा खेलाउंथ्योकी यो मन कति सम्मको अपराधी रहेछ आफ्नै रगतलाई पराई ठानेर यो अबस्थामा पुर्याउनु ।
तीन चार महिना मधेशमा बसेर कमाएको केही पैसा उसको साथमा थियो । त्यहि पैसाले केही दिनको लागि खर्च धानेको छ । अहिले बेवारिसे को रुपमा आफ्नो धरती को सीमाना जंगे पिलर हेर्दै पूर्बको मेची नदी पुगी सकेको हुन्छ । पूल पारी हुंदै दार्जिलिङ्, सिक्किम, आसाम तिर भौंतारिदै गएको हुन्छ । जहां जे काम पायो त्यहि गर्यो, जे मिल्छ त्यहि खायो । यसरी काशीनाथले जीवनमा संधैनै संघर्ष गरीनै रह्यो अबिरल रुपमा बांच्नको लागि । अब उसको चिनारी भन्ने केही चिजै थिएन । नत अंश, नत बंश, नत थात थलो, नत ईष्ट मित्र । सबै पराई भैसकेका थिए । त्यसैले उ अहिले उद्देश्य बिहीन बिरानु मुलुकमा भौंतारिन पुगेको छ ।

उमेर ढल्किदै गएपछि जो जहा भएपनि उसलाई घरको सम्झना आउने गर्दछ र घर फर्किएको हुन्छ । काशीनाथलाई पनि यहि सम्झनाले सताउने गरेको छ । उसको बुढि आमाको हबिगत के भएको होला, उसका साथी पूर्ने, रामे, गोबिन्दे, आईते के गरी रहेका होलान, उ खेल्ने डांडापखेरा, खोलानालाको स्थिति कस्तो भए होलान् , यस्तै अतीतका कुराले उसलाई सताई रहेकोले घर फर्किने बाचा गर्यो ।
आज काशीनाथले आफ्नो जन्म थलो छोडेको र बिरानु मुलुकमा फिरन्तेको रुपमा बसेको पनि करीब चउन्न बर्ष भई सकेछ । उ झल्यास्स हुन पुग्यो । जे सुकै भएपनि मेरी बुढी आमाको हालत के भयो होला भन्ने सोच्दै उ आफ्नो जन्म थलो तिर पैताला फर्कायो र जुन बाटो उ मुग्लान छिरेको थियो त्यहि बाटो पछ्याउंदै फर्कियो । बाटोमा आउंदा पहिलेको जस्तो मनमा पिडा थिएन । लामो समय भएको हुंदा उसले कतिपय घटना बिर्सिपनि सकेको थियो । कुनैपनि चीज जति पुरानो हुंदै जान्छ उतिनै त्यसको महत्व कम हुने भएकोले उसको दृष्टि बाट ती पलायन भैसकेका थिए । पुराना कुरा उसको मनमा रहिरहेको भए सायदनै उ घर फर्कन्थ्यो होला ।

उ फर्किदै गर्दा यो धरतीनै परिबर्तन भएको उसले महसुस गर्यो । बाटा घाटा, पुलपुलेसा, बजार,हटिया, लबाई खवाई सबैनै परिबर्तन भई आधुनिक भई सकेका देख्यो । आफ्नो घर परिबार र गाउं पनि यस्तै भयो होला भनी उसले कल्पना गर्दै बाटो काटी रहेको थियो ।
जसरी सांझ परेपछि चराचुरुङ्ी आफ्नो गुंडतिर लाग्दछन्, त्यसरीनै आज काशीनाथ पुरानो सम्झना लिएर जन्मथलो तिर आएको छ । संयोगबस जुन समय सांझतिर उ घर बाट निस्किएको थियो त्यहि समयमा उ टुप्लुक्क घरको आंगनमा देखा पर्यो । करीब ५ दशक भन्दा बढि समय मुगलाङ् बसेर आएको ले उ सबैसंग अपरिचित नै थियो, त्यसमा पनि सांझ छिपिदै गएको बेला । पहिलेको जस्तै घरको पिंडीमा सबै सदस्य एकै ठाउंमा जम्मा भएर गफ गरीरहेका थिए । काशीनाथले सबैलाई चिनेपनि उसलाई चिन्ने भने कोही भएनन् । जुन घर आफ्नो सम्झेर आयो त्यहि घर बिरानो जस्तो भई दिदा उसको मन अलि कुंडिन गयो । उसकी आमा पिंडिको पल्लो छेउमा सुतिरहेको झट्ट देखि हाल्यो । नौ दशक काटी सकेकी बुढी आमाले उसलाई चिन्न सक्ने कुरै भएन । त्यसमा पनि सांझको समय र लामो अबधि पछिको भेट ।
काशीनाथ केही समय आगनमा ढिंग उभिएको हुन्छ र कसैले केही भनी हाल्छकि भनेर आश गरेको हुन्छ । कसैले केही सम्बोधन नगरेपछि नरमाईलो मान्दै बाध्यता बस आमा सुतेको पिंडिको छेउको नजिकै टुस्स बसेको हुन्छ । बीरबलले आफ्नो भाईलाई चिनी सकेको कुरा उसको अनुहारले प्रदर्शन गरीरहेको झल्किन्थ्यो । उ बोल्न चाहेन । उसको मनमा चिसो परिसकेको थियो । अब काशीनाथले अंश खोज्छ भन्ने कुरा ।
काशीनाथलाई कसैले सम्बोधन नगरे पनि उसले आफूलाई जन्म दिने आमालाई ‘आमा‘ भनेर बोलायो । सांघुरो भैसकेको अनुहार र भित्र गढि सकेको आंखालाई तन्काएर बाबु तिमी सन्चै छौ भनिन् । उता बीरबल पिंडीको पल्लो छेउमा बसी रहेको छियो । आमाले कान्छो छोरो काशीनाथलाई चिनेकोमा भित्र भित्रै हुन सम्म उसलाई रीस उठेको थियो । त्यहि समयमा बीरबलले होस गुम्न लागेकी बुढी आमालाई सम्झाउंदै भन्न थाल्यो ‘ यो तपाईंको कान्छो छोरो होईन, उत बेपत्ता भएको धेरै बर्ष भई सक्यो, कुनै अपरिचित मान्छे अंश पाउनको लागि आएको हो ‘ भनेर आमालाई बिश्वास दिलाउन थाल्यो । थला परेकी आमाले अरु सोच्न सक्ने कुरा पनि भएन । बीरबलको अगाडि अरु थप कुरा गर्ने आंट उनीमा पनि थिएन र उनी चुप लागेर ओछ्यान् मा पल्टि रहेकी थिईन् ।

येनकेन काशीनाथले त्यो रात त्यहीं बितायो । आफ्नै घरमा पनि उ पराईको रुपमा बस्नु परेकोमा उ ज्यादै दुःखी भएको थियो । आमासंग खुलेर कुरा गर्न नपाउनु र दाई बीरबलले भाई हो भनेर नस्वीकार्दा उसले आफैलाई धिक्कारी रहेको हुन्छ । भोली पल्ट बिहान हातमुख धुनको लागि उही परिचित खोलामा जान्छ र घर फर्कदा आफूले खेलेको बन जंगललाई नियाली नियाली हेरेको हुन्छ । एउटै लाम्टो चुसेको बीरबलले नचिनेको बहाना गरेको झलझलती याद आई रहेको हुन्छ भने यी नीर्जीब बोट बिरुवा र ठाउंले भने उसलाई बोलाई रहेको जस्तो भान हुन्थ्यो ।

बीरबलले नपढेपनि सम्पत्ति जोड्ने कार्यमा भने उ ज्यादै धूर्त थियो । परिश्रम गर्दा मनले चिताए जति आम्दानी नहुने भएकोले उ फट्टयाईं सम्बन्धि कार्यमा लागेको हुन्थ्यो । भाई हराएको बेला देखिनै बीरबललाई हाई सन्चो भएको थियो । भाई कतै बाट आई हाल्यो भने आधा अंश पाई हाल्छ । नआए देखि हुन्थ्यो भन्ने उसको मनमा लागि रहेको थियो । सरकारको कानून अनुसार दश बर्ष सम्म कुनै मानिस बेपत्ता भएमा उ सदैको लागि बेपत्ता भएको ठहर्ने भएको हुंदा बीरबल कहिले दश बर्ष पुग्छ भन्ने मा चिन्तित थियो । दश बर्ष पुग्ना साथ उसले अड्डामा गएर आफ्नो नाममा एकलौटी बनाई सकेको थियो । ५ दशक पछि भाई काशीनाथ आए पनि उसलाई अंश दिन नपर्ने कानूनी ब्यबस्था उसले गरी सकेको थियो । कानूनको अगाडि उ पक्का भई सकेको थियो । त्यसमा पनि बोकालाई कुकुर बनाउन र गोरु पनि ब्याउंछ भन्ने कुरा प्रमाणित गराएर आफूले फाईदा लिन सक्ने बीरबललाईत यो काशीनाथलाई अंश नदिनु त सामान्यनै भयो ।
दुई चार दिन सम्म काशीनाथ त्यहि गाउं घर तिर टहलियो । उसका साथिहरु पूर्ने, रामे, गोबिन्दे, आईतेहरुले उसलाई चिने पनि बीरबलको हांको डाकोको डरले कोही बोल्न सक्दैनथे । उसको अगाडि गाउंका सबै जना सर्पलाई गरुडको छायां परे सरह हुन्थे । उसको बिरुध्दमा कसैले पनि दुई शब्द उच्चारण गर्न सक्दैनथे ।

काशीनाथले अंशको बिषयमा प्रसंग जोड्न नपाउदै ंबीरबल कुर्लंदै गाली गलौच गर्न थाल्यो । तलाई जन्मदिने आमाले समेत नचिने पछि तंलाई मैले कसरी अंश दिन सक्छु । तं हामीहरुको बंशको नभएको हुंदा अंशमा तेरो कुनै हक छैन भनेर बीरबल कड्किन थाल्यो । सहोदर दाजु बाट यसतो भने पछि उसको मन ज्यादै दुख्यो र यो बिषयलाई उसले कहिल्यै नउठाउने बिचार गर्यो ।
आमाले राम्ररी चिने पनि बीरबलको अगाडि चिनें भनेर भन्न सक्ने उनको आंट थिएन । त्यसमा पनि थला परि सकेकी । आमाले केही बोल्न नसक्ने, दाजुले तं भाईनै हौईनस् भन्ने र गाउं घरका मानिसहरुले बीरबलको अगाडि दुई शब्द पनि राख्न नसक्ने भएपछि काशी नाथले आफ्नो बाटो लाग्नु उपयुक्त ठान्यो । सबैले बलेकै आगोत ताप्छन् भने जस्तै नाता गोताहरु पनि उसैको पक्षमा लागेपछि यो संसारमा काशीनाथको पक्ष लिएर बोलि दिने र उसलाई सम्झिने कुनै भएनन् । अघिल्लो पटक जसरी उ घर बाट निस्किएको थियो, अहिले त्यसरीनै उसले घर छोडेर लागेको छ अज्ञात गन्तब्य तीर । काशीनाथ को बिषयमा पछि केही थाहा हुन आए केही लेख्नेछु ।

(लमजुङ् जिल्लाको राईनास नगरपालीका – ७ मा जन्मनुभएका लेखक साहित्यकार कृष्ण मणि पराजुली नेपाल सरकारको अबकाश प्राप्त उप सचिब हुनुहुन्छ ।बिभिन्न समयमा पराजुलीका कृती र लेख रचनाहरु राष्ट्रीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन ।)

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : २३ बजे