काठमाडौँ-
काठमाडौँमा शनिबार सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा . सुब्रमनियन स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताएका छन । उनले नेपाल हिन्दू राष्ट्र हुने कुरामा भारत र चिन दुबै सकारात्मक रहेको समेत उल्लेख गरे ।
विश्व हिन्दु संघ र वर्ल्ड हिन्दु फेडरेसनको संयुक्त आयोजना राजधानीमा शुरु भएको गोष्ठिमा भाग लिन भारतको सत्तारुढ भाजपाका २ नेता डा . सुब्रमनियन स्वामी र तरुण विजय नेपाल आएका हुन ।
केही घन्टाका लागि मात्र काठमाडौँ आएका डा . स्वामीले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए।
स्वामी आजै दिल्ली फर्की सकेका छन भने उनले दिल्ली फर्कनुपूर्व प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेका थिए। अन्तर्राष्ट्रिय हिन्दु गोष्ठीमै सहभागी हुन काठमाडौँ आएका भाजपाकै अर्का नेता तथा पूर्वसांसद तरुण विजयले पनि प्रधानमन्त्री ओलीसँग अलग्गै भेट गरेका थिए।
प्रधानमन्त्रीसग अलग्गै भेट गरेका दुइ नेता र प्रधानमन्त्री ओलिबिच के बिषयमा कुराकानी भयो भन्ने स्पष्ट हुन सकेको छैन ।








