कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरु’को काठ्माण्डौमा लोकार्पण



काठ्माण्डौ-

नेपाली कांग्रेसका युबा नेता एबम केन्द्रिय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरु’ नामक पुस्तकको आज काठ्माण्डौमा लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका शभापती शेर बहादुर देउबा र बरीष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा उक्त साहित्यिक पुस्तकको लोकार्पण गरेका हुन ।

कार्यक्रममा बोल्दै कांग्रेस शभापती देउबाले आगामी दिनमा पार्टी भित्रका कमी- कमजोरी सच्याएर सबै माथी न्याय गर्ने कोशीस गरिने बताए ।
शभापती देउबाले समाज भित्रका नराम्रा कुराहरुको बिरुद्दमा साहित्यकर्मिहरुले कलम चलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलले राजनितिकर्मिहरु साहित्य र सिर्जनामा जोडिनु खुशीको कुरा भएको उल्लेख गरे ।बरीष्ठ नेता पौडेलले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला साहित्यिक रुपमा पनि उत्तिकै शसक्त भएको स्मरण गर्दै राजनिती भित्र पढ्ने लेख्ने शैलीलाई अझै बढाउदै लानुपर्नेमा जोड दिए ।

तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले राजनिती र साहित्य एक अर्कामा जोडिएको बताए । महामन्त्री कोइरालाले गुरु घिमिरे साहित्य सिर्जनामा जोडिएकोमा शुभकामाना दिदै घिमिरेको सिर्जना पार्टीको सम्पती भएको उल्लेख गरे  ।

कार्यक्रममा नेकपा नेता दिननाथ शर्मा, बामपन्थी नेता तथा साहित्यकार प्रदिप नेपाल् ,कांग्रेसका केन्द्रिय सदस्य रामशरण महत्,मिनेन्द्र रिजाल्,चित्र लेखा यादब्,प्रबक्ता बिश्वप्रकाश शर्मा,साहित्यकार निलम पन्त ‘निहारिका’ लगायतले प्रकाशित किर्तिको बारेमा बोल्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

नेविसंघका पूर्व अध्यक्ष र जनआन्दोलन २०६२/ ६३ को अधार मानिने त्यस बेलाको बिधार्थी आन्दोलनका चर्चित नेता, राजनितिकर्मी गुरु घिमिरेले आफुलाई साहित्यिक र सिर्जनात्मक क्षेत्रमा पनि उभ्याएका छन । घिमिरेका यस अघी दुइवटा बिचार संग्रह ,एउटा कबिता संग्रह , एउटा संस्मरणात्मक कृती प्रकाशित भइसकेका छन ।

छिट्टै नयाँ उपन्यास प्रकाशनको तयारी भइरहेको नेता घिमिरेले न्यू सञ्चारलाई बताए ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  २ : ३६ बजे