काठ्माण्डौ-
तिज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठको तिज तीज गीत सार्बजनिक भएको छ । ‘हर हर महादेव’ बोलको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
उनले गीत मार्फत यो वर्षको तीजमा केहि त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन् ।
कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना प्रमुख फिचर्ड छिन् । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोलाई अभिनेत्री पवित्रा आचार्यले निर्देशन गरेकी हुन ।










