ताइवानसग जोडिएको समुद्री इलाकामा सैन्य अभ्यास गर्ने चिनिया तयारी शुरु



बेइजिंग, रोयटर्स्-

चीनले यसै हप्तभित्र ताइवान सग जोडिएको समुद्री इलाकामा सैन्य अभ्यासको तयारी शुरु गरेको छ ।उक्त सैन्य अभ्यासको बारेमा चीनको समुद्री सुरक्षा एजेंसीले गत सोमवार जानकारी दिएको हो।

चिनले सैन्य अभ्यासका लागी ताइवानको पश्चिम सिमा स्थित गुआंगदोंग र फुजियान प्रांतसगा जोडिएको समुद्री इलाकामा सोमवार देखी शुक्रवार साझ सम्म अन्य कुनै प्रकारका आवत्जावतमा रोक लगाएको समाचारहरुमा जनाइएको छ ।

चीनले शुरु गर्न लागेको सैन्य अभ्यास प्रती इङ्गित गर्दै ताइवानको रक्षा मंत्रालयले चीनका हरेक गतिबिधिहरु नजिकबाट नियालिरहेको प्रतिक्रीया ब्यक्त गरेको छ ।

ताइवानले आफुलाई स्वतन्त्र राष्ट्र दाबी गरेपनी चिनले ताइवनलाई आफ्नो श्वशासित क्षेत्र भन्दै आएको छ । गत हप्ता मात्रै चीनले ताइवानमा आफ्नो सेना राख्ने भनाइ  दोहोर्याएको थियो ।

पछिल्लो समय हङ्कङमा चिनबिरोधी प्रदर्शन नरोकिए पछी हङकङमा समेत आफ्ना सैन्य उपस्थिती हुन सक्ने चिनले बताइ सकेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  २ : ०१ बजे