डडेल्धुरा-
सुदुरपश्चिमका अधिकांश जिल्लाका एनसेलका टावरमा गएराति आगजनी गरिएको छ। अज्ञात समूहले डडेल्धुरा, कैलाली, बझाङ र डोटीमा एनसेलको टावरमा आगजनी गरेको प्रहरी कार्यालयहरुले जनाएका छन्।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावर, डोटी जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर , कैलालीको धनगढीमा रहेको एनसेल टावर र बझाङ जिल्लाको मष्टा गाउँपालिका थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको हो।
बुधबार राति ११ बजेतिर डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको ट टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए। सदरमुकामबाट टाढा रहेकाले अहिले प्रहरी घटनास्थल पुगेको उनले बताए।‘क्षतिको विवरण आउन बाँकी रहेको र टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिएका छन ।
डोटीमा पनि बुधबार राति अज्ञात समूहले एनसेलको टावर जलाएको छ।डोटी जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो।टावरमा मध्यरातको समयमा भएको आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस र्याक, ब्याट्री र्याक, एसइडिपी च्यानल लगायतका सामानहरु जलेर क्षति भएको एनसेलका स्थानीय प्रतिनिधि मानसिं धामीले जानकारी दिए।प्रहरिका अनुसार अनुसार बुधबार बेलुका ५ बजेदेखि ९ बजेसम्ममा घण्टेश्वर प्रहरी चौकीबाट सुरक्षा दिइए पनि रातिको समयमा टावर जलाइएको हो।
तेस्तै कैलाली जिल्लाको उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावारमा आगजनी गरिएको हो। प्रहरीका अनुसार बुधबार राति सवा १२ बजेको समयमा आगजनी गरिएको हो। गेटको ताला काटेर टावारमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताएका छन्। आगजनीबाट टावारका ब्याट्रीहरु जलेका छन्।
बझाङमा पनि एनसेल टावरमा आगजनी भएको छ। गएराति नै बझाङ जिल्लाको मष्टा गाउँपालिका थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको हो।
एनसेलले कर नतिरेकोले टावरमा आफूहरुले आक्रमण गरेको नेत्रविक्रम चन्द विप्लव समूहका बझाङ जिल्ला सेक्रेटरी हरिलालले पुष्टि गरे।
सुदुर सश्चिमका बिभिन्न क्षेत्रहरुमा अहिले टेलिफोन र इन्टरनेट सेवा अबरुद्द भएको छ घटनाहरुबाट भएको क्षतिको पुर्ण बिबरण आउन बाकी रहेको छ ।








