भाउ बढेर सुन अहिलेसम्मकै महँगो



काठमाडौँ –

सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य शुक्रबार आठ सय रुपैयाँले बढेर ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै महँगो मूल्य हो ।

बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियोे । सरकारले बजेटमार्फत सुन आयातमा भन्सारदर बढाएपछी सुनको भाउ लगातार बढी रहेको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार  ७ : २४ बजे