महेश सिंह महतो
श्रावण १७ सिरहा –
सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक ब्यापारी महिला पक्रउ परेकी छन् ।
सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४६ बर्शिय सिया कुमारी महतो लाई लागुऔषध १ केजि ५०० ग्राम गाँजा सहित प्रहरिले पक्रउ गरेको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजर वाट ११ वजेको समयमा प्र .नि . नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घरवाट वरामत भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महतो लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।










