जम्मू–कश्मिरको अवस्था तनाबग्रस्त, स्थानिय त्रसित



काठ्माण्डौ
एजेन्सि-

भरतले थप  सैनिक तैनाथ गर्दै कश्मिर स्थित चरमपन्थीहरु माथी कार्बाही अघाडी बढाए पछी कश्मीर क्षेत्रमा डर र त्रासको सिर्जना भइ त्याहाका स्थानियहरु त्रसित बनेको बिभिन्न अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

केहि समय अघी मात्रै  चरमपन्थी आक्रमणको आशंका रहेको भन्दै कश्मीर सरकारले सुरक्षा सतर्कता जारी गरेको थियो भने भारतको केन्द्र सरकारका रक्षा मन्त्री सहित सुरक्षा बिशेशज्ञ, र सुरक्षा अधिकारिहरु भारत प्रशासित कश्मिर पुगेका थिए ।

प्रशासनले अमरनाथ यात्रामा रहेका हिन्दु तिर्थयात्री तथा पर्यटकलाई यात्रा अघी नबढाउन र उक्त क्षेत्रबाट फर्किनका लागी आदेश जारी गरेको थियो । चरमपन्थी आक्रमणको जोखिम रहेको भन्दै सुरक्षा सतर्कता जारी गरेपछि पर्यटक तथा तिर्थयात्री फर्किरहेका छन् । तर स्थानीय बासिन्दाहरुमा भने त्रासको अवस्थामा बसिरहेका छन् । उनीहरुले अत्यावश्यक सामग्रीहरुको जोहो गरिरहेका छन् ।

कश्मीरमा अहिलेको जस्तो अवस्था यसअघि कहिले नदेखेको स्थानियहरुले बताएका छन ।

केही दिनयता कश्मीरमा सुरक्षाकर्मीको तैनाथी बढेको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित भएको उनले बताएका छन् ।

यसअघि शुक्रबार राज्यकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले अहिले कश्मीरका बासिन्दामा देखिएको डरको अवस्था जस्तो कहिले नदेखिएको बताएकी थिइन् ।हालको अवस्थाबारे जम्मू–कश्मीरका क्षेत्रीय दलहरु नेशनल कन्फ्रेन्स र पिपुल्स डेमोक्र्याटिक पार्टीका नेताहरुले स्पष्ट रुपमा चिन्ता व्यक्त गरिसकेका छन् ।

भारत प्रशासित जम्मू–कश्मीरको अवस्था सन् १९९० को दशकको भन्दा पनि खराब अवस्था रहेको स्थानीय नेताले बताएका छन् ।

पटक पटक बिभिन्न हमला र युद्दहरु झेलेका त्याहाका स्थानियहरुमा युद्द भड्किन सक्ने भय ब्याप्त रहेको बताइएको छ ।

केहि समय अघी मात्रै अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बिचको कश्मिर बिबादमा मध्यस्थता गर्ने प्रस्ताब सार्बजनिक गरेका थिए तर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले त्यसलाई अस्विकार गरिसकेका छन ।

 

 

प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार  ७ : ३० बजे