पूर्वयुवराज्ञी हिमानी शाहद्वारा ‘दैवीप्रकोप उद्दार कोष’ स्थापनाको घोषणा



काठमाडौं-

पूर्वयुवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्दै प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्।

पूर्वयुवराज्ञी  हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन्। पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित ‘सन्देश संग्रह’ पुस्तक समेत सार्वजनिक गर्दै उक्त पुस्तकको बिक्रीबाट आएको रकम पनि सामाजिक काममा खर्चिने बताइन ।

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन्।

 

प्रकाशित मिति : श्रावण १९, २०७६ आइतबार  ८ : १९ बजे