भारत-प्रशासित जम्मू-कश्मीरमा नेताहरु नजरबन्धमा, टेलिफोन र इन्टरनेट सेवा अबरुद्द



काठ्माण्डौ-

भारत-प्रशासित जम्मू-कश्मीरमा राजनितिक सङ्कट झन चुलिदै गएको छ ।

त्यहाँको मुलधारको राजनितिमा सकृय नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको र मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ।

श्रीनगरमा धारा १४४ लागू गरिएको छ, उक्त धारा अनुसार यसअनुसार त्यहाँ सर्वसाधारणले खुलारुपमा आवतजावत गर्न पाउने छैनन् भने सबै शैक्षिक संस्थान बन्द रहनेछन् । साथै, शैक्षिक संस्थानहरुमा छात्रहरुलाई होस्टल खाली गर्न पनि भनिएको छ ।

सबै शिक्षण संस्थाहरू बन्द गरिएका छन भने मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ।

नजरबन्धमा राखिएका नेताहरुले नेताहरूले आइतवार साँझ बैठक गरी कश्मीरले प्राप्त गरेको विशेष स्थान मान्यतालाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आइतवार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीटरमा लेख्दै कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने बताएका थिए।

केहि समय अघी मात्रै अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बिचको कश्मिर बिबादमा मध्यस्थता गर्ने प्रस्ताब सार्बजनिक गरेका थिए तर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले त्यसलाई अस्विकार गरिसकेका छन ।

 

प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार  ५ : १८ बजे