साउन २०, काठ्माण्डौ-
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।
चिनिया नागरिक लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए।
सुनको ल्याब टेस्ट गर्दा लिले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि लीलाई प्रहरीको जिम्मा लगाइएको छ।
बरामद भएको सुनको बजार मूल्य २ करोड २७ लाख हुन्छ।








