भारत सरकारद्वारा कश्मीर राज्य पुनर्गठनको घोषणा



सावन २०,काठ्माण्डौ-
एजेन्सी

भारतका केन्द्रिय गृह मन्त्री अमित शाहले सोमवार भारतको राज्यसभामा सम्बिधानको अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका छन ।
अब जम्मू-कश्मीर र लद्दाख अलग-अलग केंद्र शासित प्रदेश हुने भएका छन ।

अब जम्मू–कश्मीर र लद्दाख गरी दुई राज्य बनाइएको छ । यी दुवै राज्यलाई केन्द्र सरकारले शासन गर्नेछ । केन्द्रिय सरकारका गृह मन्त्री अमित शाहले राज्‍यसभामा पेश गरेको अनुच्‍छेद ३७० हटाउने संकल्‍प प्रस्ताबलाई भारतिय राष्ट्रपतिले पनि मंजूरी दिइ सकेका छन ।यस सगै  अब जम्मू–कश्मीर स्वतन्त्र अलग राज्य हुने छैन ।

राज्यसभामा सरकारको निर्णय प्रति प्रतिपक्षी सांसदहरूले चर्को विरोध गरेका छन्।

आज निलम्बन गरिएको भारतिय संविधानको धारा ३७० मा जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान रहेको थियो ।भारतीय संविधानको अनुच्छेद ३५ए ले कश्मीरमा स्थायी बासिन्दाहरूलाई विशेषाधिकार दिएको थियो।

जसअनुसार कश्मीरका स्थायी बासिन्दाबाहेक अरूले कश्मीरमा अचल सम्पति किन्ने वा सरकारी सुविधाहरू प्राप्त गर्न सक्दैनन्।कश्मीरी पुरुषसँग विवाह गरेका बाहिरका महिलालाई त्यहाँ सम्पत्तिको अधिकार नदिने लगायत थिय ।

जममु कश्मिरको राजधानी श्रीनगरमा भने आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यष महबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनको घरमा नजरबन्द गरिएको छ ।श्रीनगरसहित कश्मीर घाटीमा मोबाइल र इन्टरनेट बन्द गरिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार  ७ : १९ बजे