प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य,सिंगापुरबाट शुक्रबार फर्किँदै



काठ्माण्डौ

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ।

सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो।

प्रधानमन्त्रीको नियमित चेकजाँच सकिएको र भोलि स्वेदश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ब ताए ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहिबार  ५ : २९ बजे