पूर्वराजा शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी बिरुद्द बिरगन्जमा प्रचण्डको पुत्ला दहन



काठमाडौँ ,

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  बिरगन्जमा पुत्ला दहन गरिएको छ ।

अध्यक्ष दाहालले गत आइतबार विपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोशी खैरेनी घाटको पक्की पुल उद्घाटन गर्ने क्रममा पूर्वराजा शाहलाई नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएका थिए ।त्यसैबिरुद्ध आक्रोस जनाउँदै राष्ट्रिय सरोकार मञ्चले आज नाराबाजीसहित प्रचण्डको पुत्ला दहन गरेका हुन् ।पुत्ला दहनमा सहभागिहरुले चर्को नाराबाजी समेत गरेका थिए ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकोले ज्ञानेन्द्रलाई शरण दिएको बताएका थिए

 

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार  २ : ३० बजे