गायक ललित राईको पहिलो गीत ” लेकैको काने ” डश म्युजिक मार्फत युट्युबमा सार्बजनिक



काठ्माण्डौ-

अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत ” लेकैको काने ” सार्बजनिक गरेका छन् ।
लोकप्रिय गितकार  डि. पी. खनालको शब्द रचना रहेको “लेकैको काने” का संगितकार : मनोज थापा मगर हुन् भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन्।

नेपालको चर्चित डान्स ग्रुप ” भिमफेदी गाइज ” र नेपाली हाँस्य टेली सिरियल “भद्रगोल”कि रक्षा श्रेष्ठको जोडदार अभिनय रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकन,बिकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ।

नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जिवन र प्रेम कथालाई सुन्दर तथा हंस्यौली ढंगमा प्रस्तुत गरेको छ।

आईत मोक्तानको लगानी रहेको गीति भिडियोलाई “डश म्युजिक नेपाल” मार्फत सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  ६ : २१ बजे