काठमाडौँ ।
नेपाली बजारमा पछिल्लो समय लगातार बढी रहेको सुनको भाउ बिहीबार पाँच सयले बढेर ७० हजार पुगेको छ ।नेपालको इतिहासमा पहेँलो धातुको मूल्य यति उच्च बिन्दुमा पुगेको यो पहिलो पटक हो । साउन महिना लागे सँगै उच्च दरले सुन महँगिँदै गएपछि सुनको कारोबार भने घटेको छ ।
साउन महिना लागे सँगै उच्च दरले सुन महँगिँदै गएपछि सुनको कारोबार भने घटेको छ ।साउन १ गते ६४ हजार पाँच सय रुपियाँमा सीमित रहेको सुनको मूल्य साउन २३ गते ७० हजार पुगेको हो । सामान्य अवस्थामा दैनिक ३५ किलो सुन खपत हुने गरेकामा अहिले प्रतिदिन १० किलोभन्दा कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन पसलहरूमा अहिले सुन किन्नेभन्दा आफूसँग बेच्न चाहने मात्र आउने गरेका छन् ।
सर्वसाधारणले महँगो मूल्य पाउने देखेर आफूसँग भएको सुन बेच्न चाहेको देखिन्छ । सुनचाँदी व्यवसायीहरूले आर्थिक क्षमताले भ्याएसम्म खरिद गरेका छन् तर यो अवस्था पनि निरन्तर गर्न समस्या परेको व्यवसायी बताउँछन् ।
यही अवस्था रही रहे ब्यापार धान्न गाह्रो हुने ब्यबसायिहरुले बताएका छन ।










