जम्मु काश्मिरमा सुरक्षा व्यवस्था झन् कडा, टेलिफोन र इन्टरनेट सेवा अझै बन्द



एजेन्सी–

मुश्लिम समुदायाको इद अल अधा पर्वको पूर्व सन्ध्यामा काश्मिर क्षेत्रको सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । छन् । ठूला मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ भने स–साना मस्जिदहरु मात्र खुल्ला गर्न दिइएको छ ।जम्मू काश्मिरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि काश्मिरमा त्यसको विरोध भइ रहेको र इद अल अधा पर्वको बेला हुन सक्ने बिरोध तथा अन्य घटनाहरुलाई ध्यानमा राख्दै सुरक्षाव्यवस्था थप कडा बनाइएको समाचारमा जनाएको छ ।

आइतवार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको काश्मिरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो । तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन् ।

काश्मिर क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ । गत बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिीरका नागरिकलाई इद उल अधा पर्व मनाउन सहज पारिदिने वाचा गरेका भए पनि हाल त्यहाँ सुरक्षा ब्यबस्था अत्यन्त कडा र त्रासपुर्ण बातावरण रहेको समाचारहरुमा जनाइएको छ ।

 

 

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  ९ : २५ बजे