हङकङको विमानस्थल प्रदर्शनकारीहरुको कब्जामा, सबै उडानहरु रद्ध



काठ्माण्डौ,एजेन्सि-

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको हङकङको प्रदर्शन लगातार चर्किदै गएको छ ।बिरोधको क्रममा हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारीहरुले कब्जा गरेका छन ।

सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएका छन्।हङकङमा प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’मा लिएर उडान रद्ध गर्नु परेको यो पहिलो पटक हो।यसअघि पनि शुक्रबार प्रदर्शनकारी विमानस्थलभित्र गएका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग सयौँ प्रदर्शनकारीहरूको झडप समेत भएको समाचारहरुमा जनाइएको छ

सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनले हङ्‌कङको पुर्ण स्वतन्त्रताका लागी लडिरहेका राजनीतिक विपक्षीलाई चिनमा सुपुर्दगी गर्ने बाटो खुल्ने र स्वतन्त्रता पक्षधरहरुलाई चिनले निसाना बनाउने प्रदर्शनकारीहरूको आरोप छ । उक्त प्रस्ताबित कानुनको बिरोधमा शुरु भएको प्रदर्शन अहिले हङ्‌कङकी नेत्री क्यारी लामको राजिनामा लगायत  अन्य लोकतान्त्रीक मुद्दा हरुमा समेत केन्दृत भएको छ ।

पछिल्लो समय प्रहरीले केही प्रदर्शकारीलाई प्रक्राउ गरेपछि आन्दोलन झनै चर्किन थालेको हो। प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समूदायलाई हङकङको अवस्थाबारे जानकारी दिन यस्तो प्रदर्शन गरेको बताएका छन्।

चिनले भने प्रदर्शनहरुमा बिदेशी शक्तिको हात रहेको आरोप लगाएको छ ।

बृटिष उपनिबेशको रुपमा रहेको हङ्कङ सन १९९७ मा हङ्कङको स्वतन्त्रतता अक्षुण रहने सर्तमा ब्रिटेनले चिनलाई सुम्पेको थियो ।

यो पनि पढ्नुहोस्-

सुपुर्दगी विधेयकको बिरुद्दमा प्रदर्शनकारीहरूद्वारा हङ्‌कङमा सडक कब्जा

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  १० : ३० बजे