अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित



काठ्माण्डौ-

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदैछ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो।

नेपालले पहिलो सेट २५–२२ ले गुमाएको थियो। त्यसपछि लगातार २ सेट जितेर नेपाल खेलमा फर्कियो। नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारे। तर चौथो सेटमा अफगानिस्तानले २५–२३ ले जितेर खेल २–२ बराबरी गर्न सफल भयो।

निर्णायक अन्तिम सेटमा नेपाल १५–१३ ले विजयी भयो।

प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार  २ : १२ बजे