पत्रकार रवि लामेछाने समर्थकद्वारा चितवन प्रहरी कार्यालयमा ढुंगामुढा, असईसहित ५ जना प्रहरी घाइते



चितवन-

पत्रकार रवि लामेछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयमा लामिछाने समर्थक भीडले ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो

।साँझ आएको ठूलो भीडले आत्महत्या दुरुस्साहन आरोपमा परेका कार्यक्रम सञ्चालक रवी लामिछानेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शन ‘उग्र’ बनेका कारण १० शेल अश्रुग्याँस प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।

झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  २ : २५ बजे