काठमाडौं-
नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउदै छन ।
विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका उनको यस पटकको आगमन भने विदेशमन्त्रीका रुपमा हुनेछ।
पराराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ। बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्नेछन्।बैठकमा द्विपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, ऊर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ।
नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।
सन् १९९८ मा स्थापना भएको नेपाल-भारत संयुक्त आयोगको बैठक यसअघि सन् २०१६ मा नयाँ दिल्लीमा बसेको थियो।










