अरुण खोलाको डाइभर्सन बाढीले बगाएपछी पूर्व-पश्चिम राजमार्ग ठप्प,यात्रुलाई सास्ति



नवलपरासी-

पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ।सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ।

रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ। राजमार्ग खोल्ने प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार  ६ : ४९ बजे