पत्रकार पुडासैनीले नारायणगढ बसपार्कमा पाँच मिटर डोरी किनेको पसल र सिसिटिभी फुटेज भेटियो



चितवन-

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाअ हुनकी घटना नियोजित हो भन्ने बारेमा सार्बजनिक टिका टिप्पणीहरु चलिरहेको बेला नयाँ तथ्य सार्बजनिक भएको छ ।

चितवनमा पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।

चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको खुलेको हो ।

होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको चितवन प्रहरिले जनाएको छ । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रकाशित मिति : भदौ २, २०७६ सोमबार  १० : ४६ बजे