प्रधानमन्त्री ओलि थप उपचारका लागी पुन: सिंगापुर जादै



काठमाडौं

केहि समय अघी मात्रै  सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते थप उपचारका लागि सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिएका हुन ।

चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रधानमन्त्री ओली तत्कालै जान सिंगापुर जानुपरेको स्रोतको भनाइ छ। औषधिको ‘साइड इफेक्ट’ कै कारण प्रधानमन्त्री ओलीलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको स्रोतले बतायो। उनलाई भदौको पहिलो साता सिंगापुर लगिने तयारी भएको छ । सिंगापुरमा उपचारमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यको औपचारिक जानकारी समेत दिइएको थिएन ।

मिर्गौलामा क्रेटिनिमको मात्रा बढ्दै गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका थिए । साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्कदा फर्कदै आफ्नो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाउने बताएका थिए।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका छन्।

प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार  १२ : २६ बजे