प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेटवार्ता



काठमाडौं–

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भारतमा नरेन्द्र मोदीको नेतृत्वमा गठित नयाँ सरकारका विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर आज काठमाडौं आइपुगेका हुन् ।

भेटवार्तामा प्रधानमन्त्रीका  परराष्ट्र मामिला सल्लाहकार डा . राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी लगायतको सहभागिता रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलि र विदेशमन्त्री जयशंकर बिचको भेटवार्तामा दुई देशबीचको पारस्पारिक सम्बन्ध र दुइ देशको हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  ९ : ०८ बजे