लोकतन्त्र र ब्यबस्था सरकारकै कारण खतरामा : कांग्रेस नेता डा. शेखर कोइराला



विराटनगर-

कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको काम गराइ र दम्भबाट लोकतन्त्र र बर्तमान ब्यबस्था खतरामा रहेको बताएका छन ।

बिराटनगरमा आयोजित रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले अरुका कारण नभई बर्तमान सरकार र सत्तरुढ नेकपाकै कारण लोकतन्त्र र ब्यबस्था खतरामा रहेको बताएका हुन्।

बर्तमान सरकारले यस अघी ल्याएका बिधेयकहरु अध्ययन गरे सरकार लोकतन्त्र मास्न लागेको प्रष्ट हुने कोइरालाले आरोप लगाए ।

बहुमतको आडमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजेर सरकारले लोकतन्त्र धरापमा पार्न खोजेको बताउदै नेता कोइरालाले लोकतन्त्रको हित र लोकतन्त्रवादीहरुका लागि सो विधेयक फिर्ता गर्दै सरोकारवालासंग छलफल गरि अघि बढ्न सरकारसग माग गरे ।

संविधानमै स्वायत्त संस्थाको रुपमा रहेको मानवधिकार आयोग महान्यायाधीवक्ता मार्फत सरकारको नियण्त्रणमा तेस्तै राज्यका सबै निकाय र सबै सुरक्षा निकायलाई प्रधानमन्त्रीको नियन्त्रणमा राख्नु पर्ने अवाश्यकता किन पर्‍यो भनेर नेता कोइरालाले प्रश्न उठाए ।

कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसले लोकतन्त्र सामाप्त पार्न खोज्नेहरुका बिरुद्द लडाइ जारी राख्ने बताए।

कार्यक्रममा १५ हजार रुपैयाँ राशिको रमाप्रसाद मायादेवि पत्रकारिता पुरस्कार लामो समय पत्रकारितामा खर्चिएका शंकर खरेललाई प्रदान गरिएको थियो।

 

प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार  १० : २९ बजे