काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को डिपिआर स्वीकृत



काठमाडौं-

सरकारले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ। रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको झण्डै ५ महिनापछि फास्ट ट्रयाकको डिपिआर स्वीकृत भएको हो।डिपिआर स्विकृत गर्न सरकारले लामो समय लागाएकोमा नेपाली सेनाले चासो प्रकट गर्दै आएको थियो ।

कोरियाली कम्पनी ससुङले ६ महिना लगाएर तयार पारेको २ खर्ब १३ अर्ब लाग्ने अनुमान गरिएको डिपिआर नेपाली सेनाले स्विकृतिका लागी सरकारलाई बुझाएको थियो।  उक्त डिपिआर गत चैत ११ गते रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको थियो।

सेनाले सरकारलाई बुझाएको डिपिआरमा २ खर्ब १३ अर्ब लाग्ने अनुमान गरिएको भएपनि त्यसलाई सरकारले १ खर्ब ५५ अर्बमा झारेर स्विक्रीत गरेको हो । १ खर्ब ५५ अर्ब फास्ट ट्रयाक निर्माणका लागि मात्रै लाग्ने रकम हो। यसमा मूल्य अभिबृद्धि कर (भ्याट)लाई समावेश गरिएको छैन। भ्याट समेत समावेश गर्ने हो भने फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब लाग्ने बताइएको छ ।

डिपिआर स्विकृत भए सगै फास्ट ट्र्याकको कामले गती लिने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  २ : ५२ बजे