अस्ताए चलचित्र निर्देशक किशोर राना



काठमाडौँ–

चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ।

६४ वर्षको उमेरमा उपचारको क्रममा बुधबार दिउँसो सवा तीन बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।रानाको निर्देशनमा तयार भएको चलचित्र ‘सीमारेखा’ ऐतिहासिक चलचित्रका रुपमा लिइन्छ।यस्तै उनले नेपालको पहिलो सिनेमास्कोप चलचित्र ‘राँको’ बनाएका थिए।

चलचित्र कर्जामार्फत उनले नायक धिरेन शाक्यलाई नेपाली चलचित्र उद्योगमा ल्याएका थिए। उनको निर्देशनमा घामछाया, करोडपतिसहितका चलचित्र बनेका छन्।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उनी प्रसिद्ध गायिका संगीता राना प्रधानका श्रीमान हुन् । गायिका संगीता राना हाल ललित कला क्याम्पसमा संगीत बिषयको प्राध्यापक छिन ।

प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार  ३ : ३५ बजे