काठ्माण्डौ-
पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा गत राती पक्राउ परेका भारतका पूर्व अर्थ मन्त्री पि चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ ।
चिदम्बरमलाई बुधबार राति भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको थियो। यसअघि मंगलबार नै उनलाई पक्राउ गर्न सिबिआईको टोली चिदम्बरमको घरमा पुगेको थियो। तर, उनी नभेटिएपछि टोलीले सिबिआईको कार्यालयमा आउन भन्दै चिदम्बरमको घरमा सूचना टाँसेको थियो।
चिदम्बरम आइएनएक्स मिडिया प्रकरणका अभियुक्त हुन्।यस अघी उनले आफूलाई पक्राउ नर्गन माग गर्दै सर्वोच्च अदालतमा रिट दायार गरेका थिए ।उनको माग अनुसार उनका पक्षमा अदालतले आदेश नगरेपछि बुधबार बेलुका सिबिआईले चिदम्बरमलाई पक्राउ गरेको हो।
उनले दिल्ली उच्च अदालतमा धरौटीमा छाड्न निवेदन दिए पनि उच्च अदालतले चिदम्बरम उक्त प्रकरणका प्रमुख योजनाकार भएको भन्दै छाड्न नमिल्ने आदेश दिएको थियो।
उनलाई आजै सीबीआईको बिषेश अदालतमा सुनुवाइका लागी पेश गरिने भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।










