भरतपुर –
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायत अन्य बिशिष्ठा ब्यक्तिलाई जोडेर लाई जोडेर प्रचार गरेको भन्दै भएको महानगरपालिकाकी मेयर रेनु दाहालले बिज्ञप्ती मार्फत आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालको दुरुपयोग गरेर गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।









