काश्मिर विवाद बार्ताबाट सुल्झाउन फ्रान्सेली राष्ट्रपति म्याँक्रोको आग्रह



फ्रान्स,

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले बार्ता मार्फत काश्मिर विवाद सुल्झाउन आग्रह गरेका छन ।

ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जीसेभेनको  बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेका हुन् ।

जीसेभेनमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली सदस्य रहेका छन् । भारतीय प्रधानमन्त्री मोदी भने उक्त बैठकमा विशेष आमन्त्रित हुन् ।

जीसेभेनको बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ ।

कश्मिर मामिलामा आफ्नो पक्षमा अन्तर्‍आष्त्रीय समर्थन जुटाउन भारत र पाकिस्तान दुबै तिब्र कुट्नितिक लबिङ गरिरहेका छन ।

प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार  ११ : १९ बजे