भारतिय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन



काठ्माण्डौ,एजेन्सि-

भारतिय पूर्वअर्थ मन्त्री  तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ।

स्वास लिनमा समस्या भएपछि गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएका नेता अरुण जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

६६ वर्षीय जेट्ली किड्नी ट्रान्सप्लान्ट गरिसेकका जेट्ली क्यान्सरका बिरामी पनि थिए। जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो।

बिमारिकै कारणले उनि लोकसभा चुनावमा पार्टीको जितमा भाजपा कार्यालयमा भएको उत्सवमा पनि सहभागी भएका थिएनन ।

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्।तेस्तै  दुबईमा भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत् जेट्लीको निधनमा दु:ख व्यक्त  गरेका छन्।

 

प्रकाशित मिति : भाद्र ७, २०७६ शनिबार  २ : ४५ बजे