जम्मू-कश्मीरको स्थिती असामान्य : भारतिय काँग्रेस नेता राहुल गान्धि



नयाँ दिल्ली–

भारतिय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धिले  जम्मू-कश्मीरको स्थिती सामान्य नभएको बताएका छन ।जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारको निर्णय पछि जम्मू कश्मीरको अवस्था बुझ्न कश्मिर पुगेका भारतीय काँग्रेस नेता राहुल गान्धीलाई जम्मू कश्मिर राज्यमा प्रबेश नदीइ श्रीनगर विमानस्थलबाटै फर्काइए पछि
नेता गान्धिले यस्तो बताएका हुन ।

दिल्ली पुगेपछी उनले भनेका छन- हामी कश्मिरका जनता कुन हालतमा छन भन्ने जान्न त्यहा गएका थियौ तर हामिलाई एयरपोर्टबाट बाहिर जाने अनुमती दिइएन ,हामिसग गएका मिडियाकर्मीहरुलाई अभद्र ब्यबहार गरियो, यसबाट थाहा हुन्छ कि त्यहाको स्थिती कस्तो छ ।

राहुल गांधी ११ विपक्षी नेताहरु सहित जाममु कश्मिरको श्रीनगर पुगेका थिए उनको टोली श्रीनगर विमानस्थलमा पुगे पछी त्यहाको स्थिती असामान्य बनेको थियो । राहुल सहित बिपक्षी नेताहरुलाई एअर्पोर्टबाट बाहिर निस्किन प्रतिबन्धित गरिएको थियो । उनलाई श्रीनगर विमानस्थलमा १ घण्टा रोकेर त्यहाँबाट नयाँ दिल्ली फिर्ता पठाइएको थियो ।

श्रीनगर पुगेको उनीसहितको टोलीमा विपक्षी पार्टीहरु भारतीय काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी– माक्र्सवादी, राष्ट्रिय जनता दल, राष्ट्रिवादी काँग्रेस पार्टी, तृणमूल काँग्रेस, डिएमके लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

नेताहरुको भ्रमणले सामान्यतर्फ अघि बढिरहेको राज्यको अवस्थामा नकारात्मक असर पार्ने भन्दैयसअघि राज्य प्रशासनले नेताहरुलाई राज्यमा प्रवेश नगर्न आग्रह गरेको थियो ।

जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारको निर्णय पछि त्याहाका स्थानिय राजनीतिक तथा धार्मिक नेताहरुलाई नजरबन्दमा राखिएको छ भने सुरक्षा सतर्कता समेत उच्च पारिएको छ । अबरुद्द गरिएका टेलिफोन र इन्टर्नेट सेवा अझै सुचारु हुन सकेको छैन । त्यहाको अवस्थाका बारेमा स्वतन्त्र समाचारहरु दिने समेत अवस्था नभएको बिभिन्न  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइ रहेका छन ।

 

प्रकाशित मिति : भाद्र ७, २०७६ शनिबार  ३ : १८ बजे