अत्याधिक मदिरापानका कारण एनआरएन अध्यक्ष भट्ट विमानस्थलबाट फर्काइए



काठमाडौं-

सिंगापुर जान लागेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ ९कल साइन एमआई ४१३० बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका एनआरएन अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेले मद्यपान गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सोतर्फ जान  आफूहरु विमानमा चढिसकेको अवस्थाबाट फर्काइएको लागेको  टोलीमा सहभागी शुभदिन अनलाइनका सञ्चालक न्यौपानेले स्वीकारे।आफूहरुलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरेको उनको आरोप छ।

उनले सो क्रममा आफूहरुले मद्यपान गरेको समेत स्वीकारेका छन्। हामी दिनभरजसो विजनेस मिटिङमा थियौं। विजनेस मिटिङमा कुन किसिमको मद्यपान गरिन्छ भन्ने कुरा जगजाहेर नै छ। त्यो नकार्न मिल्दैन, उनले भनेका छन ।

न्यौपानेले सिल्क एयरको यस्तो कार्यले नेपाल भ्रमण वर्ष २०२०ुलाई समेत प्रभाव पार्ने दाबी गरेका छन्।सो सम्बन्धमा सिल्क एयरलाइन्सबाट भने आधिकारिक रुपमा हालसम्म केही बताइएको छैन।

प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार  ९ : २० बजे