काठ्माण्डौ-
चलचित्र निर्माता तथा गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौंले अनुमति दिएको छ ।
आइतबार भएको बहसपछि अनुसन्धानका लागि म्याद थपिएको डिएसपी कृष्ण चन्दले बताए ।चलचित्र निर्माताद्धय मिलन चाम्स र सुदिप खड्काले चलचित्रबाट आएको करिब ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ बाराअबाराको शेयर लुकाएको लुकाएको भन्दै उजुरी दिएका थिए ।
शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा, टेकुले अपराधिक विश्वासघात सम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ गरेको थियो । उनलाई टेकुमा राखिएको छ ।










