काठमाडौँ –
रवि लामिछानेले मंगलबार चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर पछिल्लो समय उनि माथी उठेका प्रश्नहरुको जवाफ फर्काएका छन ।पत्रकार सम्मेलनमा आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गर्दै आफु बिरुद्द गलत अफबाह फैलाईएको दाबी गरे ।
उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’
उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए ।
राजनितिमा आउने बारेको प्रश्नमा उनले पत्रकारिताकै माध्यमबाट देशको सेवा गर्ने आफ्नो उद्देश्य रहेको बताए ।
उनले सीधा कुरा जनतासँगको कार्यक्रम अझ बढी जिम्मेवार हुनेमा निर्धक्क रहन आग्रह गरे । उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको समेत ब ताउदै सबैलाई धन्यबाद दिए ।
अदालतमा बिचाराधिन रहेको मुद्दामा अदालतको सम्मान गर्दै आफुले टिप्पणी नगर्ने उनले उल्लेख गरे ।








