ट्रिपरलाई कारबाही माग गर्दै प्रहरी वृत्त अगाडि पिडितको नाराबाजी



काठमाडौँ ।

सिनामंगलमा आइतबार राती भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीलाई कारबाहीको माग गर्दै मङ्गलवार महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरेका छन् ।
आइतबार राती सिनामंगलस्थित कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।

मृतक बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटेका आफन्तजनले ट्रिपर चालकलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले वार्ताका नाममा आफूहरूलाई अल्झाएको आरोप समेत लगाएका छन् ।टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनकको घटनास्थलमा मृत्यु भएको थियो ।

पासाङ भोटेको मृत्यु हुनका साथै बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार  १ : ०२ बजे