नायिका नम्रता श्रेष्ठको लगानी रहेको चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा



काठमाडौं –

चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा आएको छ । रिलिजअघि राम्रै चर्चा कमाएको यो फिल्म सोलो प्रदर्शनमा आएको हो ।फिल्ममा नायिका नम्रता श्रेष्ठको लगानी रहेको छ ।

प्रायः नेपालमा दुई फिल्म रिलिज हुने अवस्था आइरहेका बेला ‘जाइरा’ ले भने यो शुक्रबार एक्लै रिलिजको मौका पाएको छ । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म एक्सन विधामा निर्माण भएको हो ।

फिल्ममा आषुतोष श्रेष्ठको निर्देशन, बाबु श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । यस्तै फिल्मको कथा निरज महर्जन र निर्देशक श्रेष्ठले लेखेका हुन् ।

प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार  ६ : २४ बजे